जनरल इन्स्योरेन्सको आजदेखि दोस्रो बजारमा कारोबार खुल्दै, GIC संकेतमा कारोबार हुने

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आजदेखि धितोपत्रको दोस्रो बजार अर्थात नेप्सेमा शेयर कारोबार खुला हुँदैछ । (GIC) जीआईपी कारोबार संकेतमा कम्पनीको मंगलबारदेखि कारोबार खुल्न लागेको हो ।

दोस्रो बजारमा कारोबारका लागि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेप्सेबीच हिजो १ करोड कित्ता शेयर सूचीकरण सम्झौता भएको छ ।

सूचीकरण सम्झौतापत्रमा इन्स्योरेन्सका महाप्रबन्धक एस.के.तमोट र नेप्सेका सीईओ चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा निष्काशन गरेको ३० करोड रुपैयाँ बराबरको ३० कित्ता साधारण शेयर र ७० करोड रुपैयाँ बराबरको ७० लाख संस्थापक शेयर समेत कूल १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम सूचीकरण भएको हो ।
असोज ११ गते देखि असोज १४ गतेसम्म सर्वसाधारणबाट आवेदन माग गरेर असोज २० गते, मंगलबार आईपीओ बाँडफाँड गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कूल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेकोमा १ लाख २० हजार कित्ता कर्मचारी र १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका इकाईलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।

इन्स्योरेन्सको आर्ईपीओ २ लाख ७३ हजार लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए । उच्च आवेदनका कारण योग्य आवेदकमध्ये बाँकी ५ लाख २१ हजार ५४६ जनाले कम्पनीको आईपीओ पाउन सकेका थिएनन् ।

आईपीओ पाएका शेयर लगानीकर्ताको डिम्याट खातामा यसअघि नै सिडिएस एण्ड क्लियरिङ्ग जीआईसी संकेतमा शेयर जम्मा गरिसकेको छ ।

  • कतिमा खुल्छ पहिलो कारोबार ?

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सोमबार नेप्सेमा शेयर सूचीकरण प्रकृया सम्पन्न गरेपछि मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार सुचारु हुन लागेको हो ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा शेयर कारोबारका लागि जीआईसी कारोबार संकेत (सिम्बोल) र पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।
यसअनुसार नै आज नेप्सेको स्पेशल प्रि-ओपनिङ्ग सेसन (जुन आइतबारदेखि बिहीबारसम्म १०ः३० देखि १०ः४५ बजेसम्म सञ्चालन हुन्छ ) मा कारोबार भएपछि ११ बजेपछि नियमित कारोबार मार्फत कारोबार खुल्नेछ ।

कम्पनीले नेप्सेबाट पहिलो कारोबारका लागि न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज प्राप्त गरेको छ । यसअनुसार जनरलको आईपीओ पहिलो कारोबारका लागि अधिकतम ३०५ रुपैयाँमा कारोबार खुल्ने देखिन्छ । धेरैजसो इन्स्योरेन्सको शेयरमूल्य उच्च रहेका कारण पनि कम्पनीको पहिलो कारोबार नै अधिकतम रेञ्जमा खुल्ने अवस्था रहेको छ ।

नेप्सेले हरेक कम्पनीका पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।