मंगलबार सुनचाँदीको दुबैको भाउ घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ तथा चाँदी तोलामा २० रुपैयाँले घटेर कारोबार भैरहेको छ ।
गत शुक्रबार ९०० तथा आइतबार ८०० गरी तोलामै १ हजार ७०० रुपैयाँले बढेको सुन सोमबार भने स्थीर रहेको थियो । मंगलबार आएर सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९५ हजार १०० रुपैयाँ तथा तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी मंगलबार चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया