उत्पादनमूलक समूहमा सूचीकृत शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले कात्तिक २४ गते कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको हो ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक १३ गते बिहीबार शेयर दाखिल खारेजी गर्ने मिति तोकिएको छ । यस अनुसार कात्तिक १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
यस्तै सभाले गत आवको नाफा नोक्सान सहित वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने तथा आव २०७७।७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कोभिड संक्रमणका कारण भिडियो कन्फ्रेन्स मार्फत साधारण सभामा सहभागिता जनाउन सकिने जनाइएको छ । साधारण सभामा सहभागी हुन चाहने शेयरधनीलाई नाम दर्तापछि जुम आईडि र पासवर्ड उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया