सिभिल लघुवित्तको लिलामी शेयरमा ३०० बढी आवेदन, कति आउला कटअफ ?

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था (CLBSL) ले लिलामीमा राखेको सर्वसाधारण तथा संस्थापक शेयरमा आज अन्तिम दिन आइतसम्ममा ३०० बढी आवेदन प्राप्त भएको छ । उपत्यकामा मात्रै सो संख्याको हाराहारीमा आवेदन परेको हो ।

मोफसलका संकलन केन्द्रहरुबाट परेको आवेदन संख्या अहिले प्राप्त हुन सकेको छैन ।

लगानीकर्ताले लिलामी शेयरको आवेदनका लागि विभिन्न संकलन केन्द्रहरुबाट ४०० हाराहारीमा फारम खरीद गरेका थिए ।

यस आधारमा कम्पनीको लिलामी शेयरका लागि ३०० बढी आवेदन प्राप्त हुने निश्चित भएको छ । लिलामी शेयर खरीदका लागि व्यक्तिका अलवा करिब एक दर्जन संस्थाले पनि आवेदन दिएको स्रोतको भनाई छ ।

पछिल्लो समय लिलामी शेयर निष्काशन गरी बाँडफाँड भएको गुराँस लाईफको शिलबन्दी बोलपत्र खुला भएको दिनको दोस्रो बजारमा कारोबार भएको मूल्य २ प्रतिशत तल र मेगा बैंकको ७ प्रतिशत तल कटअफ कायम भएको थियो ।

यस अधारमा सिभिल लघुवित्तको लिलामी शेयरको कटअफ मूल्य पनि माथि नै कायम हुने आंकलन गरिएको छ । ठूलो संख्यामा शेयर खरीद गर्ने संस्थागत लगानीकर्ताको समेत रााम्रो उपस्थिति देखिएपछि लघुवित्तको कटअफ पनि विगतको दुई लिलामी शेयरको आधारमा नै कायम हुने आंकलन छ ।

लघुवित्तले कम्पनीले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कूल ८९ लाख ४५० कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

लिलामी शेयरमा शेयर बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी काठमाडौँ तथा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट, घोराही तथा महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिने प्रबन्ध मिलाइएको थियो ।

लघुवित्तले गत साउन २५ गतेदेखि भाद्र २९ गतेसम्म एक बराबर एक अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको थियो । सोही समयमा अवितरित शेयर अहिले लिलामी बिक्रीमा ल्याइएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ कात्तिक २०७७, आइतबार  १९ : ०० बजे