नुमनाथ पौडेल दोस्रो पटक फर्स्ट माइक्रोफाइनान्सको ‘सीईओ’ नियुक्त

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नुमनाथ पौडेल नियुक्त भएका छन् ।

माइक्रोफाइनान्सको सञ्चालक समितिको कात्तिक १ गते सम्पन्न १६९ औँ बैठकले पौडेललाई आगामी ४ वर्षका लागि सो पदमा नियुक्त गरेको लघुवित्तका कम्पनी सचिव तथा कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले जानकारी दिए ।

यसअघि उनी हाथवे फाइनान्समा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । फाइनान्स अहिले ग्लोबल आईएमई बैंकमा विलय भइसकेको छ ।

त्यसअघि उनी इमर्जिङ्ग नेपालमा झण्डै चार वर्ष सञ्चालकको रुपमा रहेका थिए । त्यसभन्दा अघि सन् २००९ देखि २०१६ सम्म करिब ६ वर्ष फस्ट माइक्रोफाइनान्समा प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदमा कार्यरत रहँदै गर्दा उनी फर्स्ट माइक्रोफाइनान्सको सीईओ बनेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ कात्तिक २०७७, आइतबार  १९ : ५८ बजे