प्रि ओपनिङ्गमा सोमबार ६ कम्पनीको मात्र कारोबार

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.०६ अंकले बढेको छ । नेप्से ०.०६ अंक बढेर १ हजार ५५६ दशमलव ८६ बिन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका कूल ६ कम्पनीमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने दुई कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थीर छ ।

कारोबारमा आएका ६ कम्पनीमध्ये मञ्जुश्री फाइनान्सको शेयरमूल्य करिब ५ प्रतिशतले बढ्दा आइसीएफसी फाइनान्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको पनि शेयरमूल्य बढेको छ । युनाइटेड फाइनान्स र बेष्ट फाइनान्सको शेयरमूल्य घट्दा नेपाल रि-इन्स्योरेन्सको भने शेयरमूल्य स्थीर रहेको हो ।

सोमबार प्रि ओपनिङ्ग सेसनमा ६ कम्पनीको १ हजार ८० कित्ता शेयर २ लाख ६६ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ कात्तिक २०७७, सोमबार  १० : ५१ बजे