सयपत्री हाइड्रोपावरले आईपीओ जारी गर्ने प्रस्ताव राखेर डाक्यो साधारण सभा

0
Shares

सयपत्री हाइड्रोपावर लिमिटेडले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण शेयर जारी गर्ने मुख्य प्रस्ताव राखेर चौथों वार्षिक साधारसभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज २९ गते सम्पन्न बैठकले गरेको निर्णयानुसार सभा कार्तिक २१ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिल, काठमाडौंमा दिउँसो १ बजे साधारण सभा आह्वान गरेको हो ।

कम्पनीले यसअघि पनि आईपीओ जारी गर्ने तयारी गरेर क्रेडिट रेटिङ्ग गराएको थियो। तर सो समयमा कम्पनीले बोर्डले निर्धारण गरेको एक तह माथि अर्थात ग्रेड ४ रेटिङ्ग नपाउँदा आईपीओ निष्काशनका लागि अगाडि बढ्न सकेको थिएन । सो समयमा कम्पनीले केयर रेटिङ नेपालबाट सबैभन्दा खराब रेटिङ केयर एनपि आईपिओ ग्रेड ५ पाएको थियो ।

तोकिएभन्दा कमजोर रेटिङ्ग पाएपछि आईपीओ निष्काशन हुन नसकेपछि कम्पनीले कम्पनीले आगामी साधारण सभामा फेरि आईपीओ जारी गर्ने प्रस्ताव लैजान लागेको हो ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन, लेखापरिक्षको प्रतिवेदन, नाफा।नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरुबारे छलफल गरी स्वीकृत हुनेछ ।

यस्तै सभाले आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि प्रस्ताव रहेको छ ।

सयपत्री हाइड्रोपावरले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पहिलो बार्षिक साधारण सभाबाट शेयर निष्कशन गर्ने प्रस्ताब अनुमोदन भैसकेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत र दोस्रो बार्षिक साधारण सभाबाट गराएर २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ । हाल कम्पनीको जारी पूँजी ३० करोड रूपैयाँ छ ।

कम्पनीले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ । आयोजनाको बिजुली उत्पादन गर्ने क्षमता वार्षिक १३.४८ गिगावाट रहेको कम्पनीको दाबी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।