कुमारी बैंक (KBL) ले १ लाख १ हजार कित्ता संस्थापक शेयर कार्तिक २ गतेदेखि ३५ दिनभित्र आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको छ ।
बैकले पहिलो चरणमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले बैंकका विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले खरीद गर्नसक्नेगरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।
३५ दिनभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया बढाउने कम्पनीले बताएको छ ।
इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरेर कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा बैंकको रजिष्टर्ड कार्यालयमा आइपुग्ने गरी निवेदन दिन पनि कम्पनीले भनेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया