फेष्टिभ मुडमा लगानीकर्ता, कारोबार १ अर्बभन्दा तल झर्यो, सूचकमा भने दोहोरो अंकको वृद्धि

0
Shares

नेपालीहरुको ठूलो चाड बडा दशैं सुरु भएपछि शेयर बजारमा त्यसको असर देखिएको छ । दैनिक २ अर्ब बढीको शेयर कारोबार हुँदै आइरहेको बजारमा चाडबाडको सिजन ‘फेष्टिबल मुड’ को असर साताको दोस्रो कारोबार दिन कारोबार रकम१ अर्बभन्दा तल झरेको छ ।

बजारमा गरिएको लगानीबाट चाडवाडका लागि खर्च जोहो गर्ने क्रम बढेको छ । यसले एकातिर आफ्नो लगानीको हिस्सा बिक्री गरेर खर्च निकाल्ने र अर्कोतर्फ शेयर बजारमा थप लगानी भित्र नसक्दा बजारमा खरीद बिक्रीको रौनक विस्तारै घट्दै गएको छ । आज बडा दशैंको तेस्रो दिन हुँदा बजारमा रौनकता घट्दै गएपनि नेप्से सूचकमा भने एकाएक दोहोरो अंकको वृद्धि देखिएको छ ।

आज १८९ कम्पनीको शेयर कारोबारमा आएकोमध्ये १४० कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ भने छ । १५ कम्पनीको शेयमूल्य स्थीर रहेको छ ।

सोमबार ३३ लाख ५३ हजार २०१ कित्ता शेयर १५ हजार ४७८ पटक कारोबार हुँदा ९७ करोड ९० लाख ९४ हजार रुपैयाँको खरीद बिक्री भएको छ । नेप्सेसँगै ठूला कम्पनीको शेयर मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।

आज नेप्से १३.५८ अंक अर्थात ०.८७ प्रतिशतले घटेर १ हजार ५७० दशमलव ३८ बिन्दुमा अडिएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स २.६२ अंकले बढेर ३१० दशमलव ८९ बिन्दुमा रहेको छ । बजार बढेसँगै समग्र बजार पूँजीकरण १८ अर्ब १३ करोडले सुधार भई २० खर्ब ९६ अर्ब ८३ करोड ५२ लाख रुपैयाँमा पुगेको छ । आइतबार २० खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ पूँजीकरण थियो।

आज कारोबारमा ब्यापार बाहेक सबै उपसमूहका सूचक सकारात्मक बनेको छ । ब्यापार सूचक ०.१६ प्रतिशतले ऋणात्मक रहेको बजारमा जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै ३.३१ प्रतिशत, वित्त १.९८, र निर्जीबन बीमाको इन्डेक्स १.२९ प्रतिशतले बढेको छ । आजको बजारमा विकास बैंक, बैंकिङ्ग, होटल, उत्पादन, लघुवित्त, अन्य, जीबन बीमा र म्युचुअल फण्ड उपसमूहका परिसुचक पनि सामान्य अर्थात १ प्रतिशतभन्दा कमले सकारात्मक रहे ।

  • जनरल इन्स्योरेन्स सहित ५ कम्पनीके शेयरमूल्यमा सकारात्मक सर्किट

आजको बजारमा जनरल इन्स्योरेन्स सहित ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर सकारात्मक सर्किट लागेको छ ।

गत बुधबार (असोज २८) देखि कारोबारमा आएको कम्पनीको शेयरमूल्य चौथो कारोबार दिन पनि सकारात्मक सर्किट लागेको हो । प्रतिकित्ता ३०५ रुपैयाँमा शेयर कारोबार खुलेको कम्पनीको शेयर सोमबार १३९ रुपैयाँ बढेर ४४४ रुपैयाँ पुगेको छ ।

यसैगरी आजको बजारमा युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, अपि पावर र दीब्यश्वरी हाइड्रोपावरको मूल्य ९ प्रतिशत धेरैले बढेको हो । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, आँखुखोला हाइड्रोपावर, रिलायन्स लाइफ र युनिभर्सल पावर कम्पनीाको शेयरमूल्य पनि ७ प्रतिशत धेरैले सुधारिएको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-19 15:00:00
GIC 444.00 40.00 9.90
UNHPL 123.00 11.00 9.82
GHL 124.00 11.00 9.73
API 205.00 18.00 9.63
DHPL 121.00 10.00 9.01
BARUN 187.00 15.00 8.72
MHNL 176.00 14.00 8.64
AKJCL 121.00 9.00 8.04
RLFL 183.00 13.00 7.65
UPCL 136.00 9.00 7.09
  • शेयरमूल्य घट्नेको २ प्रतिशतभन्दा कम मात्रै

सोमबार कारोबारमा आएका कम्पनीमध्ये शेयरमूल्य घट्ने कम्पनीहरुको पनि २ प्रतिशतभन्दा कमले मात्र घटेको छ । गणपति माइक्रोफाइनान्स, एनसीसी बैंक संस्थापक, र नेपाल सेवा लघुवित्तको साढे १ प्रतिशत बढीले शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-19 15:00:00
GMFBS 820.00 -16.00 -1.91
NCCBPO 114.00 -2.00 -1.72
NSEWA 660.00 -11.00 -1.64
CLBSL 690.00 -10.00 -1.43
KBLD86 1,035.00 -15.00 -1.43
SRBLD83 1,026.00 -14.00 -1.35
SFMF 9.18 -0.12 -1.29
BBC 1,640.00 -20.00 -1.20
LUK 8.90 -0.10 -1.11
GIMES1 9.61 -0.09 -0.93
  • अपि पावरको उच्च कारोबार

आज अपि पावरको ४ करोड २ लाखको उच्च कारोबार भएको छ । पहिलो चरणको ४७ प्रतिशत हकप्रद जारी गर्ने मिति नजिकिएसँगै कम्पनीको शेयर कारोबार उच्च भएको छ । दशैंलगत्तै कम्पनीले हकप्रद शेयर जारी गर्दैछ ।

यसैगरी अरुण काबेली पावरको ३ करोड ५२ लाख, एनसीसी बैंकको ३ करोड ५० लाख, र नागरिक लगानी कोषको ३ करोड ९ लाखको शेयर कारोबार भयो ।

शिखर इन्स्योरेन्स, सिटिजन्स बैंक, नेशनल हाइड्रोपावर, नेपाल रि इन्स्योरेन्स आइसीएफसी फाइनान्स र सानिमा माई हाइड्रोपावरको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-10-19 15:00:00
API 40,253,891.00 205.00
AKPL 35,291,415.00 259.00
NCCB 35,056,506.00 229.00
CIT 30,981,456.00 3,570.00
SICL 29,351,193.00 1,344.00
CZBIL 27,458,867.00 220.00
NHPC 27,396,207.00 114.00
NRIC 27,279,303.00 854.00
ICFC 24,743,321.00 289.00
SHPC 23,203,580.00 336.00

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ कात्तिक २०७७, सोमबार  १५ : ५२ बजे