चाँदीको भाउ बढ्यो, सुनको स्थीर

0
Shares

कार्तिक ४ गते मंगलबार चाँदीको भाउमा वृद्धि भएको छ भने सुनको मूल्य स्थीर रहेको छ। २ गते तोलामा २०० रुपैयाँले घटेर ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन लगातार तीन दिन एउटै मूल्यमा कारोबार भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ र चाँदीको प्रतितोला १ हजार २१० रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले बढेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ कात्तिक २०७७, मंगलबार  १२ : ०१ बजे