सेञ्चुरी बैंक र मञ्जुश्री फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग अनुमति माग

0
Shares

सेञ्चुरी कमर्सियल बैंक र मञ्जुश्री फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएका छन् । ऋणपत्र निष्काशनका लागि अनुमति माग गर्दै फाइनान्सले असोज २१ गते र बैंकले असोज २२ गते निवेदन दर्ता गराएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

सेञ्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता र फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेका हुन् ।

बैंकले ९ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी दश वर्ष अवधिका लागि र फाइनान्सले ९.५० प्रतिशत ब्याजदर प्रदान गर्ने गरी ९ वर्ष अवधिका लागि ऋणपत्र जारी गर्ने भएका हुन् ।

ऋणपत्र निष्काशनका लागि सेञ्चुरी कमर्सियल बैंकले ग्लोबल आइएमई क्यापिटललाई र मञ्जुश्री फाइनान्सले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरिसकेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ कात्तिक २०७७, मंगलबार  १४ : १४ बजे