नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आईपीओ जारी गर्नका लागि साधारण सभाबाट प्रस्ताव पारित गराउने भएको छ । जसका लागिग बैंकले मंसिर ३ गते दोस्रो वार्षिक साधारण सभा आह्वान गर्दै आईपीओ जारी गर्ने प्रस्तावलाई विशेष प्रस्तावको रुपमा अगाडि सारेको छ ।
बैंकको जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता (०.२ प्रतिशत शेयर कर्मचारीका लागि समेत) साधारण शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गराउन लागेको हो । यसअघि पहिलो साधारण सभाबाट पनि प्रस्ताव पारित भएकोमा शेयर निष्काशन हुन नसकेपछि पुनः सभाबाट स्वीकृति लिन लागिएको हो ।
बैंकको सभाबाट संस्थागत सामाजिक उत्तरदायित्वका लागि खर्च भएको नक्सालस्थित बाल मन्दिरलाई एक लाख ५० हजार र कोरोना भाइरस संक्रमण रोकथाम कोषलाई २५ लाख रुपैयाँ अनुमोदन गर्ने जिशेष प्रस्ताव पनि सभामा रहेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरिक्षको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र पूँजीमा भएको परिवर्तनहरु सम्बन्धी अनुसूचीहरु छलफल गरी स्वीकृत गर्नेछ ।
यसैगरी आव २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक सरकारको १० प्रतिशत शेयर स्वामित्व सहित ठूला पूर्वाधार परियोजनामा लगानी गर्नका लागि स्थापना भएको बैंक हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया