साताको चौथो कारोबार दिन बुधबारको प्रि-ओपनिङ्ग सेसनमा नेप्से ७.२६ अंकले बढेको छ । नेप्से ७.२६ अंकले बढ्दा १ हजार ५९१ दशमलव ०४ बिन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका कूल २२ कम्पनीमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने दुई कम्पनीको शेयरमूल्य घटेको छ । दुई कम्पनीको शेयरमूल्य स्थीर छ ।
आज प्रि ओपनिङ्ग सेसनमा २२ कम्पनीको ८ हजार १६५ कित्ता शेयर ३९ लाख ३९ हजार २८० रुपैयाँमा खरिद बिक्री भएका छन् । आज मितिेरी डेभलपमेन्ट बैंक र युनाइटेड फाइनान्सको मात्र मूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया