सुनको भाउ बिहीबार पनि बढेको छ । यता चाँदीको भाउ भने आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको हो भने चाँदीके भाउ १० रुपैयाँले घटेको छ ।
आइतबारदेखि मंगलबारसम्म तीन दिनसम्म एउटै मूल्यमा कारोबार भएको सुनको भाउ बुधबार भने तोलामा ८०० रुपैयाँले बढेको थियो। यस्तै बुधबार चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला ९५ हजार ७०० रुपैयाँ, तेजावी सुनको ९५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३० रुपैयाँनिर्धारण गरिएको छ ।
महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८१ हजार ६२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४.५० रुपैयाँ कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ ९५ हजार ५०० रुपैयाँ, तेजावी सुनको भाउ ९५ हजार रुपैयाँ र चाँदीको भाउ १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया