सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शेयर लगानीकर्ताको खातामा जम्मा

0
Shares

सानिमा जनरल इन्स्योरेन्सले जारी गरेको प्राथमिक शेयर (आईपीओ) शेयर गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका २ लाख ७३ हजार जना लगानीकर्ताको खातामा शुक्रबार जम्मा भएको छ ।

इन्स्योरेन्स कम्पनीको शेयर एसजिआई संकेतमा शेयर प्राप्त गरेका लगानीकर्ताको हितग्राही खाता ( डिम्याट) जम्मा भएको हो ।

सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गते देखि असोज २५ गतेसम्म कूल ३० करुोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो। जसमध्ये १ लाख २० हजार कित्ता शेयर कम्पनीका कर्मचारीको र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि लागि छुट्याएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता शेयर २ लाख ७३ हजार जना लगानीकर्तालाई १० कित्ताका दरले असोज ३० गते शुक्रबार सर्वसाधारणमा बाँडफाँड गरिएको थियो।

आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ७०ः३० कायम भएको छ ।

इन्स्योरेन्सको आइपीओमा ८ लाख ६६ हजार ९०५ वटा आवेदन परेकोमा ३ हजार ३६० वटा आवेदन रद्ध गरी बाँकी ८ लाख ६० हजार २२५ योग्य आवेदकमध्ये ५ लाख ९० हजार ५४५ जना आवेदकले शेयर प्राप्त गर्न सकेका थिएनन् । आईपीओ ६.८१ गुणा धेरै आवेदन परेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।