पिपुल्स इन्भेष्टमेन्टले मंसिर ७ गते डाक्यो साधारण सभा

0
Shares

पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले मंसिर ७ गते आइतबार होटेल ल्यान्डमार्क, दरवारमार्ग काठमाडौंमा बिहान ११ः३० बजे एकैदिन २ आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको कार्तिक ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट १२ औं र १३ औं वार्षिक सभा आह्वान गरेको हो ।

कम्पनीको साधारण सभाले कन्चनजघा हाउजिङ लिमिटेड र पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेड दुवै कम्पनीहरु एक आपसमा गाभ्ने। गाभिने (मर्जर) सम्बन्धमा संचालक समितिको बैठकले गरेको निर्णयहरु अनुमोदन गर्नेछ ।

यसैगरी सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको आ।व २०७५/७६ र २०७६/७७ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विविध विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यस्तै २०७६/७७ को लेखा परिक्षण गर्न नियुक्त लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन तथा आर्थिक वर्ष २०७७/७८ लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक समेत निर्धारण गरिने एजेण्डा पनि सभामा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।