नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडले मंसिर ७ गते आइतबार दोश्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको कार्तिक १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसो २ बजे सभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको २ प्रतिशतले नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने र कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि निर्धारण गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया