नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कार्तिक २७ गते बिहीबार, पाचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालयको सभाहल, केशरमहल, काठमाडौँमा बिहान ११ बजे सभा डाकिएको हो ।
कम्पनीको कार्तिक २ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले निर्णय अनुसार सभा बोलाइएको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरू उपर सभामा छलफल गरी पारित गर्नेछ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया