युनाइटेड इन्स्योरेन्सको शेयर रजिष्ट्रार चयन

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड (UIC) ले शेयर रजिष्ट्रार चयन गरेको छ ।

कम्पनीले कार्तिक १ गते, शनिबारबाट लागू हुने गरी नारायणचौर, नक्साल, काठमाडौंस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

यससँगै अब युनाइटेड इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने, संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।