सिभिल लघुवित्तले लिलाममा राखेको शेयरमा परेको शिलबन्दी बोलपत्र आवेदन अहिले १ बजेदेखि खुला हुँदैछ । कोरोना संक्रमणका कारण सीमित व्यक्तिको उपस्थितिमा बोलपत्र खुला गरिन लागिएको हो ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटलले शिलबन्दी बोलपत्र खुला गर्ने कार्यक्रमको नोटबजार डटकमले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गर्दैछ ।
क्यापिटलका अनुसार मुलुकभरबाट ३४३ वटा आवेदन परेका छन् । लिलामी शेयर खरीदका लागि व्यक्तिका अलवा दर्जन बढी संस्थाले पनि आवेदन दिएको बताइएको छ । लिलामी शेयर खरीदका लागि व्यक्तिका अलवा करिब एक दर्जन संस्थाले पनि आवेदन दिएको स्रोतको भनाई छ ।
पछिल्लो समय लिलामी शेयर निष्काशन गरी बाँडफाँड भएको गुराँस लाईफको शिलबन्दी बोलपत्र खुला भएको दिनको दोस्रो बजारमा कारोबार भएको मूल्य २ प्रतिशत तल र मेगा बैंकको ७ प्रतिशत तल कटअफ कायम भएको थियो ।
यस अधारमा सिभिल लघुवित्तको लिलामी शेयरको कटअफ मूल्य पनि माथि नै कायम हुने आंकलन गरिएको छ । ठूलो संख्यामा शेयर खरीद गर्ने संस्थागत लगानीकर्ताको समेत राम्रो उपस्थिति देखिएपछि लघुवित्तको कटअफ पनि विगतको दुई लिलामी शेयरको आधारमा नै कायम हुने आंकलन छ । मंगलबार कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ७४६ रुपैंयाँ हाराहारीमा किनबेच भएको छ ।
लघुवित्तले कम्पनीले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कूल ८९ लाख ४५० कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।
लघुवित्तले गत साउन २५ गतेदेखि भाद्र २९ गतेसम्म एक बराबर एक अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन गरेको थियो । सोही समयमा अवितरित शेयर अहिले लिलामीबाट बिक्री गरिएको हो ।
हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ छ । हकप्रदपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया