भारतको बेरोजगारी दर अक्टोबरमा ६.९८ प्रतिशत पुग्यो


कोरोना भाइरसका कारण भारतीय अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण अक्टोबरमा बेरोजगारी दर ६.९८ प्रतिशतमा पुगेको छ । कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको भारतको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेको थियो ।

भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा अनुसार एक पछि अर्को महिनामा बेरोजगारी दर वढ्दै गएको उल्लेख छ ।

सोमबार साँझ जारी गरिएको सीएमआईईको तथ्याङ्कका अनुसार यस पहिले कृषि क्षेत्र मजबुत हुने संकेत देखिएको भएपनि अक्टूबरमा यस क्षेत्रको बेरोजगारी बढेको छ ।

शहरी क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ८.४५ रहेकोमा अक्टोबरमा ७.१५ प्रतिशतमा झरेको छ । त्यस्तै ग्रामिण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५.८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९० पुगेको केन्द्रले बताएको छ ।

रोजगार सङ्ख्याको विपरीत अक्टोबरमा सामान तथा सेवा कर सङ्कलनमा फेब्रुअरीपछि उच्च रहेको र सन् २०१९ को अक्टोबरको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।