नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बुधबार कारोबारमा आएका २३ कम्पनीमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । ४ कम्पनीके शेयरमूल्य स्थीर रहेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २३ कम्पनीका ३ हजार ९४२ कित्ता शेयर ९ लाख ६४ हजार ३०५ रुपैयाँमा खरीद बिक्री भएका छन् । यस अवधिमा नेप्से २.५० अंकले बढेर १ हजार ६४५ दशमलव ५३ बिन्दुमा बन्द भएको छ ।
आजैबाट कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सको बुधबार नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा २० कित्ता शेयर ३११ रुपैयाँ दरमा कारोबार भएको छ । कम्पनीको अधिकतम कारोबार रेञ्जमा कारोबार भएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया