कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले एक अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र निष्काशन गर्नका लागि बैंकले कार्तिक ३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको हो ।
बैंकले दश वर्ष अवधिको कामना सेवा विकास बैंक डिबेन्चर २०८७ जारी गर्न लागेको हो ।
बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९.५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् ।
बैंकले निष्काशन गर्ने १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणका लागि र ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ ।
ऋणपत्रमा निष्कासनका लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया