मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था (MERO) ले १७.८३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको बुधबार साँझ बसेको संचालक समितिको १०२ औं बैठकले १६.९३९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागी ०.८९१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तका सीईओ रामहरी दाहालले नोटबजारलाई जानकारी दिए ।
यसअनुसार कम्पनीले १४ करोड ४८ लाख ६० हजार बोनस शेयर र ७६ लाख २४ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतीपछि लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया