आईपीओ निष्काशनको लहरः कात्तिक २७ गतेदेखि अर्को आईपीओ खुला हुने

आईपीओ निष्काशनको लहरः कात्तिक २७ गतेदेखि अर्को आईपीओ खुला हुने

यहि कात्तिक २७ गते बिहीबारबाट सर्वसाधारणका लागि अर्को साधारण शेयर (आईपीओ) शेयर निष्काशन भएको छ । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सो मितिदेखि सर्वसाधारणका लागि आईपीओ जारी भएको हो ।

यसअघि माउन्टेन हाइड्रोपावर कम्पनीले पनि कार्तिक २६ गतेदेखि १९ लाख ६८ हजार २७ कित्ता शेयर जारी गर्ने सूचना प्रकाशन गरिसकेको छ ।जसमध्ये १८ लाख ३० हजार २६५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

पहिलो चरण आयोजना प्रवपाति बासिन्दाका लागि शेयर जारी गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमा पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता समेत समावेश गरिएको छ ।

निष्काशित शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, र १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि छुट्टाइएको छ । ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधारणहरुले आवेदन गर्न पाउनेछन् ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी ४२ करोड रुपैयाँको २५ प्रतिशत बराबरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको थियो । यसबाट कम्पनीले पहिलो चरणमा असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि शेयर निष्काशन गरी आवेदन गरेकालाई ४ लाख २० हजार कित्ता शेयरमध्ये १ लाख ७६ हजार ९० कित्ता शेयर कार्तिक १७ गते सोमबार बाँडफाँड समेत गरिसकेको छ ।

यस आईपीओमा लगानीकर्ताले छिटोमा मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूरै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आईपीओ भर्दा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । यद्यपी धेरै लगानीकर्ताबाट आईपीओ पर्ने भएकाले १० कित्ता आइपीओ नै गोलाप्रथाबाट पाउनु्पर्ने भएकाले १ हजारको आवेदन नै प्रयाप्त हुन्छ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० कार्तिक २०७७, बिहीबार १० : २७ बजे