मैनालीको नेतृत्वमा ब्रोकर एशोसिएसनको नयाँ कार्यसमिति चयन

0
Shares

स्टक ब्रोकर एशोसिएसन अफ नेपालको शुक्रबार सम्पन्न एशोसिएसनको २६ औं वार्षिक साधारण सभाले सन्तोष मैनालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक मैनालीको अध्यक्षमा कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिव रमनदेव पन्त र कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सुयोग अधिकारी, फणिन्द्र ढकाल, रविन्द्र श्रेष्ठ मदन पौडेल, र मित्रलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

नयाँ कार्यसमिति नेतृत्वले आगामी दुई वर्षसम्म कार्यभार सम्हाल्नेछ ।

यसअघि अध्यक्ष रहेका स्टक ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटीजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाटको कार्यकाल गत असोज १२ गते सकिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ कात्तिक २०७७, शनिबार  १४ : २४ बजे