शेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ कम्पनीमा सर्किट लाग्दा पुनर्बीमा कम्पनीको उच्च कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोेरो अंकले बढेको छ । दोहोरो अंकले बढेको बजारमा ६ कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने कारोबार रकम साढे ३ अर्ब नाघेको छ ।

आइतबार नेप्से १२.४९ अंकले बढेर १ हजार ६४८ दशमलव ५८ बिन्दुमा पुगेको हो। यस्तै ५० करोडभन्दा धेरै पूँजी भएका ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इण्डेक्स १.५७ अंकले वृद्धि हुँदै ३२५ दशमलव ९४ अंकमा अडिएको छ ।

आज १९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार कित्ता शेयर ४१ हजार ७६७ पटक खरीद बिक्री हुँदा कारोबारमा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

  • दश उपसमूहको परिसूचक बढ्यो

आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये दश उपसमूहको परिसूचक बढेको छ । २ उपसमूहको परिसूचक मात्र घटेको छ।

आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.५८ प्रतिशत बढेको छ भने उत्पादनमूलक ४.०४, अन्य २.६३ प्रतिशत, हाइड्रोपावर २.१४, होटलको १.५८ र म्युचुअल फण्डको परिसूचक १.४१ प्रतिशत बढेको छ । आजको बजारमा विकास बैंक ०.३२ र बैंकिङ्ग इन्डेक्स भने ०.०९ प्रतिशतले घट्न पुग्यो ।

  • नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार

आइतबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २५ करोड ९२ लाख २ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको हो ।

यसैगरी कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी दोस्रो स्थानमा रहेको छ ।कम्पनीको १५ करोड ९६ लाखको कारोबार हुँदा शिखर इन्स्योरेन्सको १२ करोड ३० लाख, अपि पावरको १२ करोड ८ लाख, बैंक अफ काठमाण्डूको १० करोड ४८ लाख र शिवम् सिमेन्ट्सको १० करोड ३५ लाख रुपैयाँको कारोबार भयो।

हिमाल दोलखा, अरुण भ्याली, एनटिसी र अरुण काबेली पावर शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

Symbol Turnover Closing Price
As of 2020-11-08 15:00:00
NRIC 259,202,482.00 894.00
HDL 159,681,663.00 2,161.00
SICL 123,041,814.00 1,399.00
API 120,894,136.00 275.00
BOKL 104,820,609.00 297.00
SHIVM 103,546,800.00 768.00
HDHPC 94,225,846.00 156.00
AHPC 83,109,391.00 268.00
NTC 78,050,517.00 765.00
AKPL 77,669,052.00 283.00
  • ६ कम्पनीको शेयरमूल्यमा सर्किट

आइतबार ६ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । सबै कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेका छन् ।

आजको बजारमा हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, दिब्यश्वरी हाइड्रो, मिथिला लघुवित्त, युनिभर्सल पावर कम्पनी, र सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

माउन्टेन हाइड्रो, बरुण हाइड्रोपावर, लक्ष्मी उन्नति कोषको इकाई, र कालिका पावरको शेयरमूल्ष्य पनि आज ७ प्रतिशत धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-08 15:00:00
HDL 2,161.00 196.00 9.97
STC 4,275.00 387.00 9.95
DHPL 133.00 12.00 9.92
MLBBL 866.00 78.00 9.90
UPCL 156.00 14.00 9.86
SGI 413.00 37.00 9.84
MHNL 218.00 17.00 8.46
BARUN 216.00 16.00 8.00
LUK 9.80 0.70 7.69
KPCL 217.00 14.00 6.90
  • नेपाल फाइनान्स शीर्ष गुमाउने कम्पनी

आइतबार नेपाल फाइनान्स कम्पनीके शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य ३.५७ प्रतिशत घटेको हो ।

यसैगरी सिभिल लघुवित्त, गुराँस लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक, समीट माइक्रो, स्वाभिमान माइक्रो, नेपाल सेवा, एनआईसी एशिया संस्थापक शेयर, नबिल ब्यालेन्स्ड फण्ड २, र प्राइम कमर्सियल बैंकको शेयरमूल्य घटेको छ । सबै कम्पनीको साढे १ प्रतिशतले शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-08 15:00:00
NFS 270.00 -10.00 -3.57
CLBSL 705.00 -20.00 -2.76
GLBSL 755.00 -21.00 -2.71
NIBPO 369.00 -8.00 -2.12
SMFDB 879.00 -15.00 -1.68
SMFBS 1,032.00 -17.00 -1.62
NSEWA 711.00 -11.00 -1.52
NICAP 335.00 -5.00 -1.47
NBF2 9.46 -0.14 -1.46
PCBL 346.00 -5.00 -1.42

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कात्तिक २०७७, आइतबार  १५ : ५७ बजे