प्रि-ओपनिङ्गमा सोमबार २७ कम्पनीको कारोबार, १९ को मूल्य बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ०.०१ प्रतिशत अर्थात ०.१७ अंकले बढेर १ हजार ६४८ दशमलव ७६ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थीर रहेको छ । आज ८ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ । 

यस अवधिमा कम्पनीका ९ हजार ६६३ कित्ता शेयर ३८ लाख ६० हजार ४८४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।.

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २४ कात्तिक २०७७, सोमबार  १० : ४६ बजे