शेयर बजारमा ३ अर्ब ७० करोडको कारोबार, ब्यापारमा तेजी आउँदा पुनर्बीमाको उच्च कारोबार

0
Shares

सातको दोस्रो कारोबार दिन सोमबार एकैदिन शेयर बजारमा ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम करोडले बढेको हो ।

आज नेप्से सूचक ०.२६ प्रतिशत अर्थात ४.२२ अंकले बढेर एक हजार ६५२ दशमलव उता ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स भने ०.६१ अंकले घटेर ३२५ दशमलव ३३ अंकमा झरेको छ ।

आज १९५ वटा कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता शेयर ४१ हजार ४९ पटक खरीद बिक्री भएको छ ।

कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये ब्यापारमा ४.४२ प्रतिशतको तेजी आएको छ । ब्यापार सूचक ५८.८० अंकले बढेर १३९०.४३ अंकमा पुगेको छ । अन्यको सूचक ४.२० प्रतिशत, लघुवित्त १.१९ प्रतिशतले बढ्दा उत्पादन, निर्जीबन बीमा र वित्तको सूचक सामान्य बढेका छन् । जलविद्युत, बैंकिङ्ग, विकास बैंक होटल, म्युचअल फण्ड र जीबन बीमाको सूचक घटेका छन् ।

  • नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार

सोमबार नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको ५ लाख ८३ हजार ९२० कित्ता शेयर ५५ करोड १ लाख ८१ हजार रुपैयाँमा खरीद बिक्री भएका छन् । आज भएको कारोबारको करिब १५ प्रतिशत हिस्सा यसै कम्पनीले ओगटेको छ ।

यसैगरी नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, अपि पावर र नेपाल लाइफको १० करोड बढीको कारोबार भएको छ । एभरेष्ट बैंक, प्रभु बैंक, अरुण काबेली पावर, नबिल बैंक र शिखर इन्स्योरेन्सको उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-11-09 15:00:00
NRIC 550,181,485.00 969.00
NTC 137,475,308.00 790.00
HDL 133,678,276.00 2,190.00
API 108,569,560.00 275.00
NLIC 103,298,266.00 1,421.00
EBL 96,929,469.00 647.00
PRVU 82,093,059.00 270.00
AKPL 80,538,867.00 278.00
NABIL 78,516,171.00 862.00
SICL 71,143,998.00 1,415.00
  • तीन कम्पनीको शेयरमूल्यमा सर्किट

सोमबार तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सानिमा जनरल इन्स्योरेन्सको चौथो कारोबार दिन सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तको पनि १० प्रतिशतले मूल्य बढेको छ ।

आजको बजारमा नेपाल पुनर्बीमा कम्पनी, बोटलर्स नेपाल तराई, साधना लघुवित्त, साल्ट ट्रेडिङ्ग, डिप्रोक्स लघुवित्त, नाडेप लघुवित्त, सिभिल लघुवित्त शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-11-09 15:00:00
CORBL 220.00 20.00 10.00
MLBBL 952.00 86.00 9.93
SGI 454.00 41.00 9.93
NRIC 969.00 75.00 8.39
BNT 7,350.00 475.00 6.91
SDLBSL 913.00 50.00 5.79
STC 4,500.00 225.00 5.26
DDBL 1,033.00 40.00 4.03
NADEP 735.00 25.00 3.52
CLBSL 729.00 24.00 3.40
  • घलेम्दी र पाँचथर पावरको शेयरमूल्य धेरै घट्यो

आज घलेम्दी र पाँचथर पावरको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ । यसैगरी युनिभर्सल पावर, हिमालयन पावर पार्टनर, एभरेष्ट बैंक, साञ्जेन जलविद्युत, सिनर्जी पावर, एचआईडिसीएल, पञ्चकन्या माई र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य पनि ३ प्रतिशत धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-09 15:00:00
GHL 137.00 -7.00 -4.86
PPCL 220.00 -10.00 -4.35
UPCL 150.00 -6.00 -3.85
HPPL 225.00 -9.00 -3.85
EBL 647.00 -24.00 -3.58
SJCL 205.00 -7.00 -3.30
SPDL 236.00 -8.00 -3.28
HIDCL 237.00 -8.00 -3.27
PMHPL 150.00 -5.00 -3.23
HDHPC 151.00 -5.00 -3.21

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ कात्तिक २०७७, सोमबार  १६ : ३० बजे