सिभिल लघुवित्त (CLBSL) को जगेडा कोषको आकार मजबुत बन्दै गएको छ । लघुवित्तको जगेडा कोषका आकार ३ करोड ७० लाख पुगेको हो ।
गत आवको यसै अवधिमा लघुवित्तका जगेडा कोषमा २ करोड ५२ लाख रुपैयाँ रहेकोमा १ करोड १८ लाखले बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ४० लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४५ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
२२ करोड ४९ लाख ९० हजार रुपैयाँ चुक्तापूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ८.९६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४३.९७ रुपैयाँ र खराब कर्जा अनुपात ३.५४ प्रतिशत छ ।
असोज मसान्तसम्म ४३ करोड ५५ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ५२ करोड ५९ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सिभिलले २ करोड ३६ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आवको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी १४ लाख ६६ हजारले बढेको हो ।
लघुवित्तको सञ्चालन नाफा ४.५७ प्रतिशतले बढेर ६३ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया