मिर्मिरे लघुवित्त (MMFDB) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितथरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्त कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र लघुवित्त कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट ४५ प्रतिशत बोनस सहित ४७.३७ प्रतिशत लाभांश वितरण गरेको यस कम्पनीले गत बाटबाट भने ३४.७३ प्रतिशत कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया