वोमी लघुवित्तको नाफा साढे ९ प्रतिशतले घट्यो

0
Shares

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) को खुद नाफा ९.४७ प्रतिशतले घटेको छ ।

गत आवको यसै अवधिमा १ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तको नाफा १ करोड ६६ लाख रुपैयाँमा खुम्चिएको हो ।

असोज मसान्तसम्म लघुवित्तले ९३ करोड ६ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको ४ करोड ६३ लाख रुपैयाँ ब्याज आम्दानी र २ करोड ६४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी २७ करोड ७८ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २३.९८ रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १९ करोड ८९ लाख रुपैयाँ रहँदा प्रतिशेयर नेटवर्थ १७१.५९ रुपैयाँ छ । यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात १.३७ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ कात्तिक २०७७, बिहीबार  १३ : १२ बजे