स्वरोजगार लघुवित्त खराब कर्जाले थिचियो, नाफा २३% ले बढ्दा EPS करिब ३८ रुपैयाँ कायम

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी (EPS) ३७.७७ रुपैयाँ कायम गरेको छ ।

चुक्ता पूँजी ३६ करोड ५९ लाख रुपैयाँ रहेको लघुवित्तले असोज मसान्तसम्ममा ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको यसै अवधिमा २ करोडले ८० लाख रुपैयाँ नाफा थियो ।

लघुवित्तको जगेडा कोषमा १२ करोड ९१ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ २८ पैसा छ । यस अवधिमा कम्पनीको खराब कर्जा बढेर ४.७६ प्रतिशत पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २२.२४ गुणा रहेको छ।

खराब कर्जा बढेपछि सम्भावित जोखिम नोक्सानीमा धेरै रकम (१६ करोड ६७ लाख) छुट्टाउनुपरेपछि लघुवित्त असोजसम्म १४ करोड ४१ लाख रुपैयाँ सञ्चालन नोक्सानी पुगेको छ । यद्यपी कम्पनीले १९ करोड ६७ लाख रुपैयाँ राइट ब्याक गर्दा कम्पनीको नाफामा भने बढोत्तरी देखिएको हो ।

असोजसम्म लघुवित्तले १ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ कात्तिक २०७७, बिहीबार  १३ : २७ बजे