माउण्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओमा दोस्रो दिनसम्ममा ६२ करोड २५ लाख ४१ हजार रुपैयाँ बराबरको माग भएको छ ।
नबिल इन्भेष्ट बैंकिङ्गका दिएको जानकारी अनुसार कम्पनीको आईपीओमा बिहीबार साँझ ५ बजेसम्मसम्ममा २ लाख ७८ हजार ६१६ जनाले ६२ लाख २५ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणबाट माग गरिएको कित्ताको ३.४० गुणा धेरै हो ।
कम्पनीले कार्तिक २७ गते बुधबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ । १८ लाख ३० हजार २६५ कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।
कम्पनीले निष्काशन गरेको आईपीओमा सर्वसाधारणले मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ ।
यसअघि नुवाकोट र म्याग्दी जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि पहिलो चरणमा प्राथमिक शेयर निष्कासन गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गरेको हो ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि गत साउन ८ गतेदेखि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।
आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।
- झण्डै ६ सय प्रतिशतले खुद नाफा बढाएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैंया, मूल्य आम्दानी अनुपात १०० नजिक
-
नेप्सेमा रेकर्ड नजिक पुग्यो कारोबार, दोहोरो अंकले सूचक बढ्दा पुनर्बीमाको सर्वाधिक कारोबार
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया