अपि पावरको शेयरमूल्य समायोजन

0
Shares

अपि  पावर कम्पनी (API) को शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता २६३ रुपैयाँ कायम गरेको हो ।

कम्पनीको शेयर अन्तिम पटक अघिल्लो बिहीबार (कार्तिक (२७ गते) प्रतिकित्ता २७९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

कम्पनीले हाल ४७ प्रतिशत हकप्रद शेयर जारी गरिरहेको छ । नेप्सेले ९ प्रतिशत बोनस शेयर समायोजन गर्दा ६.१२ प्रतिशतका दरले शेयरमूल्य समायोजन गरेकाले जारी भैरहेको हकप्रदले समेत बोनस शेयर पाउने देखिन्छ । हकप्रदले नपाउने गरी शेयरमूल्य समायोजन हुँदा प्रतिकित्ता २५६ रुपैयाँमा शेयरमूल्य समायोजन हुनुपथ्र्यो तर हकप्रदको बुकक्लोज भई शेयर जारी भैरहेकाले नेप्सेले हकप्रदले समेत बोनस पाउनेगरी ६.१२ प्रतिशतका दरले शेयरमूल्य समायोजन भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार  ११ : १५ बजे