राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ९२ लाख रुपैयाँले घट्यो, मूल्य आम्दानी अनुपात १४९ गुणा धेरै

0
Shares

राष्ट्रिय बीमा कम्पनी (RBCL) को खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९२ लाख ४३ हजार रुपैयाँ घटेको छ ।

गत आवको पहिलो तीन महिनामा ६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोको कम्पनीले चालु आवको यसै अवधिमा ५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको हो । कम्पनीको खुद बीमाशुल्क घटेसँग नाफा पनि घटेको हो ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा ८ करोड ३१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा २ करोड ७७ हजार रुपैयाँले खुद बीमाशुल्क घटेको हो ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७७.७० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ हजार २२२.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४९.२९ गुणा छ । कम्पनीको बीमा कोषमा २ अर्ब २७ करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।

असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ४२ करोड २१ लाख २५ हजार रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा र ४ अर्ब ४५ करोड रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा परिचालन गरेको छ । यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ६ करोड १० लाख ३१ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट २ करोड १७ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले १७ हजार ५१० वटा बीमालेख जारी गर्दा २ हजार २१४ बीमालेखहरु नविकरण भएका छन् । असोजसम्म कम्पनीले ६५ करोड ४२ लाख ४५ हजार रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीका कम्पनीले १ हजार ४१५ वटा दाबी बापत १ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ४ हजार ५९३ वटा बीमालेख जारी गर्दा १ हजार ८८३ बीमालेखहरु नविकरण भएका थिए । सो अवधिमा कम्पनीले ४० करोड २० लाख ६३ हजार रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको थियो भने ३६३ वटा दाबी बापत २ करोड २८ लाख ६ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार  १८ : ०० बजे