सुनको मूल्यमा बिहीबार थप गिरावट, कतिमा हुँदैछ कारोबार ?

0
Shares

नेपाली बजारमा बिहीबार सुनको भाउमा थप गिरावट आएको छ । बुधबार प्रतितोला १०० रुपैयाँले घटेको सुनको भाउ आज थप प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँ घटेको छ । बुधबार भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ, तजावी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार हिजो बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा आएको उतार-चढावसँगै नेपाली बजार पनि सोही अनुसार प्रभावित हुने सुनचाँदी व्यवसायी बताउँछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ मंसिर २०७७, बिहीबार  १२ : ५२ बजे