सिद्धार्थ बैंक लिमिटेड (SBL) को ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ ।
नेप्सेका अनुसार ‘८.५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४’ को ३० लाख कित्ता ऋणपत्र बिहीबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।
सिद्धार्थ बैंकले गत असोज १६ गतेदेखि असोज २० गतेसम्म प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको ७ वर्ष अवधि रहेको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो।
निष्काशन ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गरिएको थियो । सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन खुला गरिएको थियो । उक्त ऋणपत्र असोज २६ गते बाँडफाँड भएको थियो।
बैंकलाई इक्रा नेपालले पर्याप्त मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने इक्राएनपी आईआर ए माइनस एटदरेट रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्ग प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया