महिला लघुवित्तले आईपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

0
Shares

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्न नियामक निकाय धितोपत्र बोर्डबसँग अनुमति मागेको छ ।

कम्पनीले मंसिर ३ गते बुधबार बोर्डमा निवेदन दिएको हो । लघुवित्त कम्पनीले प्रति शेयर अंकित मूल्य १०० दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको हो ।

आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीके चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ । चालु आवको पहिलो तीन महिनामा कम्पनीले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ मंसिर २०७७, बिहीबार  १७ : २१ बजे