रिडी हाइड्रोपावरले घोषणा गर्यो लाभांश

0
Shares

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RHPC) ले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा सञ्चिति जगेडा कोषबाट वितरण गर्नेगरी लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट कम्पनीले ५ बोनस र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रस्तावित लाभांश कम्पनीको मंसिर २६ गते सम्पन्न हुने १९ औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।