फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) को शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ ।

मंसिर १८ गते, बिहीबार आम्रपाली ब्याङकेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे आह्वान गरेको ११ औँ वार्षिक साधारण सभाका लागि शुक्रबार बुकक्लोज गरेसँगै नेप्सेले बोनसमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट प्रस्ताव गरेको ९.५० प्रतिशत बोनस शेयरलाई समायोजन गरी नेप्सेले प्रतिकित्ता ५७६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । लघुवित्त शेयर अन्तिम पटक बिहीबार ६३१ रुपैयाँमा कारोबार भएको थियो ।

यसअनुसार अब मंसिर ७ गते आइतबार कारोबार खुल्दा शुक्रबार समायोजित भएको शेयरमूल्यलाई आधार मानेर खुल्नेछ ।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै फस्ट माइक्रोफाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ती सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाबाट सर्वसधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार  १२ : ३२ बजे