एनएलजी इन्स्योरेन्सको लाभांश पारित

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) को शुक्रबार सम्पन्न भएको १४ औँ वार्षिक साधारण सभाले कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको छ।

कम्पनीले आ।व। २०७५/७६ बाट चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

काठमाण्डौं पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सम्पन्न कम्पनीको वार्षिक साधारण सभामा कम्पनीले आव २०७५/७६ मा १ अर्ब ६६ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको जानकारी दिइयो ।

यस्तै वित्तीय विवरणअनुसार कम्पनीले ७० करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी र २० करोड २४ लाख रुपैयाँ खुद नाफा रहेको छ । कम्पनीको कुल लगानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले वृद्धि भई २०७६ साल आषाढ मसान्तमा २ अर्ब १३ करोड ४८ लाख पुगेको छ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको कुल कारोबार अघिल्लो वर्षको तुलनामा १०.७१ प्रतिशतले वृद्धि भई १ अर्ब ६६ करोड ६० लाख बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, कम्पनीका अध्यक्ष वाग्लेले समूह “ख” को शेयर सहज बिक्री वितरण गर्ने प्रयोजनका लागि सो समूहलाई आवश्यक समायोजन गर्न संस्थापक शेयरधनी समूहको न्युनतम ५१ प्रतिशत हुनुपर्ने वर्तमान प्रावधानलाई दृष्टिगत गरि शेयरधनी समूह “ख” मा रहेको शेयर संख्याको ५ प्रतिशत समानुपातिक हिसाबले संस्थापक समूह “क” मा र बाँकी ९५ प्रतिशत सर्वसाधारण समूहमा समायोजन गरि मिलान गर्न नियामक निकायको आवश्यक स्वीकति लिई गरिने जानकारी दिए।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।