नारायणी डेभलपमेन्ट बैंकले माग्यो हकप्रद जारी गर्ने अनुमति

0
Shares

नारायणी डेभलपमेन्ट बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग हकप्रद जारी गर्न अनुमति माग गरेको छ ।

बैंकले एक बराबर एक अनुपात (१०० प्रतिशत) मा हकप्रद शेयर जारी गर्न निवेदन पेश गरेको बोर्डले जनाएको छ । यसअनुसार बैंकले १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।

यस हकप्रदमा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । शतप्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पूँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार  १५ : ३५ बजे