टेलिकमको अटम अफर २०२० मा थप सुविधा पाइने

टेलिकमको अटम अफर २०२० मा थप सुविधा पाइने

नेपाल टेलिकमले अटम अफर २०२० मा सुविधा थप गरेर नयाँ ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ल्याएको छ । परिमार्जित अफर शुक्रबार (२०७७ मंसिर ५ गते) राती १२ बजे पश्चात लागू हुने कम्पनीले जनाएको छ ।

नयाँ प्याकमा यसअघि पाइने सुविधाका अलवा २५० मा खरीद गर्न सकिने एक साताको प्याकमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट र ८५० रुपैयाँमा खरीद गर्न सकिने २८ दिने प्याकमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल गर्न सकिन्छ ।
यसअघि टेलिकमको अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक अन्तगर्त ७ दिनका लागि २५० रुपैयाँ खरीद गर्दा दैनिक १ जिबी डाटा ७

दिनसम्म प्रयोग गर्न सकिन्थ्यो भने र २८ दिनका लागि ८५० रुपैयाँमा खरीद गरिने प्याकमा प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने सुविधा रहेको थियो । नयाँ कम्बो प्याकमा भ्वाइस सुविधा थप गरिएको हो ।

कम्पनीका अनुसार माथि उल्लेखित गरिएका सबै दरहरु कर सहितका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार १८ : ३९ बजे