सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा साढे १ करोड

0
Shares

सानिमा जनरल इन्स्योरेन्स (SGI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ७४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कम्पनीले ११० प्रतिशतले नाफा बढाएको हो ।

सानिमा जनरल इन्स्योरेन्स सर्वसाधारणमा हालैमात्र आईपीओ निष्काशन गरेर दोस्रो बजारमा शेयर कारोबारमा आएको कम्पनी हो ।

असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ६१ लाख खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड १६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट २७ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा कायम छ । यस्तै, कम्पनीको जगेडा कोषमा ५ करोड ६४ लाख रुपैयाँ, बीमा कोषमा ६ करोड ३९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६४ लाख ७६ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सले १५ हजार ७८४ वटा बीमालेखबाट १२ करोड २५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले २५४ वटा दाबीमा २ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७९३ वटा दाबीको ११ करोड १९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।