सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड १ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले १ करोड १ लाख रुपैयाँले नाफा बढाएको हो ।
सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत (७५ करोड रुपैयाँ) बराबरको आईपीओ निष्काशनको तयारी रहेको कम्पनीले ६० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३३ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले ८२.५० प्रतिशतले खुद बीमाशुल्क बढाएको हो ।
चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले वार्षिक प्रतिशेयर आम्दानी १३.९८ रुपैयाँ रहेको छ । इन्स्योरेन्सको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ, जीवन बीमा कोषमा २ अर्ब ८२ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड ७० लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा इन्स्योरेन्सले कूल १ लाख ३० हजार ४४६ वटा बीमालेखबाट ६२ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । ७३ वटा दाबी बापत १२ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको इन्स्योरेन्सले ६१ दाबी बापत २ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया