कुमारी बैंकको साधारण सभा आह्वान

0
Shares

कुमारी बैंक (KBL) ले मंसिर २९ गते २० औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे सभा बोलाएको हो ।

कोरोना संक्रमणका कारण बैंकले भर्चुअल माध्यमबाट साधारण सभा आयोजना गर्नेछ भने सभामा उपस्थित हुने शेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै बैंक र अन्य उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभामा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १५ गते शेयर दाखिला खारेजी गर्ने मिति तोकेको छ । यसअनुसार मंसिर १४ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहन आउने शेयरधनीले मात्र बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार  १० : २६ बजे