साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ०.७४ प्रतिशत अर्थात १३.०९ अंकले बढेर १ हजार ७९१ दशमलव २२ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २२ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । तीन कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा २९ कम्पनीका २२ हजार १०३ कित्ता शेयर १ करोड ४५ लाख ७८ हजार ८८८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया