सुनको मूल्य लगातार तीन दिन घटेको आइतबार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य लगातार तीन दिन घटेको आइतबार ३०० रुपैयाँले बढ्यो

नेपाली बजारमा लगातार पछिल्लो तीन दिन सुनको भाउ घटेको सुनको भाउमा आइतबार भने तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । पछिल्लो तीन दिनमा १ हजार २०० घटेपछि आइतबार तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ, तजावी सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार चढावसँगै नेपाली बजार पनि सोही अनुसार प्रभावित हुने सुनचाँदी व्यवसायी बताउँछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार ११ : १७ बजे