युनिलिभर नेपालले जारी गर्यो शेयरधनीलाई साधारण सभामा सहभागिता जनाउने गाइडलाईन

0
Shares

 

युनिलिभर नेपाल लिमिटेड (UNL) ले मंसिर १६ गते अपरान्ह ३ः४५ बजे आह्वान गरेको २७ औँ वार्षिक साधारण सभामा सहभागिता जनाउनका लागि शेयरधनीलाई गाइडलाइन जारी गरेको छ ।

कोरोना भाइरसका कारण भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट आयोजना हुन लागेको साधारण सभाका लागि कम्पनीले गाइडलाइन जारी गरेको हो ।

उक्त सभाले सञ्चालक समितिले सिफरिस गरेबमोजिम प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने लाभांश स्वीकृत गर्ने, कम्पनीको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको परियोजनाहरुको खर्चहरुलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार  १३ : ४१ बजे